महामारीमा चुनाव गर्न खोजेर सरकार असंवेदनशील बन्योः चिकित्सक संघ

काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना संक्रमणको समयमा सरकार असंवेदनशील बनेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले संयुक्तरुपमा विज्ञप्ति जारी गरी सरकारले कोरोनाकालमा चुनाव घोषणा गरेर असंवेदनशीलता प्रकट गरेको जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकार आफैँले जारी गरेको जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ लागु गर्ने, नियमित रुपमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहनुपर्ने विद्यमान अवस्थामा सरकार स्वयंले चुनावको घोषणा गरेर अस्वाभाविक र असंवेदनशीलता प्रकट गरेकोप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *