निर्णय हुने दस्तखतबाट हो, भयो गयो…

तपाईं बित्नुभयो भन्ने सन्देश लिएर
हिजै आएको थ्यो म कहाँ तपाईंको दस्तखत

आज मेरो अगाडि उभिएर तपाईंले
म जिउँदै छु भन्दैमा मैले कसरी पत्याउँ ?!

निर्णय हुने दस्तखतबाट हो, भयो गयो
तपाईंले भनेर हुँदैन, तपाईं बित्नुभयो !!

अर्जुन पराजुली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *