USAID

रगत अभाव भएपछि शुक्लागण्डकीमा मोबाइल रक्तदान, स्वास्थ्य मापदण्ड पालना गर्दै ७४ युनिट संकलन


दुलेगौँडा । रगत अभाव भएपछि शुक्लागण्डकी नगर क्षेत्रमा शुक्रबार आयोजना गरिएको मोबाइल रक्तदान कार्यक्रममा ७४ युनिट रगत संकलन भएको छ । सुत्केरी महिला, रक्तअस्पता र मृगौलाको डायलेसिस गर्ने विरामीहरुलाई रगत अभावमा समस्या सिर्जना भएपछि रक्तदान कार्यक्रम गरिएको हो ।

शुक्लागण्डकी एफ.एम., युवा नेपाल समिति तनहुँ, लियो क्लव अफ दुलेगौँडा खैरेनी सिटी र विश्व हिन्दू महासंघ शुक्लागण्डकीको संयुक्त आयोजनामा नगरका विभिन्न ६ स्थानमा रगत संकलन गरिएको थियो । स्वास्थ्य मापदण्डक कायम गर्दै विपिचोक, बनकेवा चोक, बेलचौतारा, मिलडाडाँ, ढोरफिर्दी, गाछेपानी लगायतका क्षेत्रमा कार्यक्रम गरिएको लियो क्लव अफ दुलेगौडा खैरेनी सिटीका अध्यक्ष विनोद पोख्रेलले बताए ।

युवा नेपाल समिति तनहुँका संयोजक ऋशेश्वर भुवाई ‘ऋतु’ले कोरोनाको विषम परिस्थितिमा पनि उत्साहजनकरुपमा रक्तदान कार्यक्रममा सहभागी भएकोमा सबैलाई धन्यवाद दिए । ‘आज प्रदान गरिएको रगतले अस्पतालमा छट्पटाइरहेका कुनै विरामीलाई नयाँ जीवन सरह हुन्छ,’ उनले थपे, ‘त्यसैले रक्तदातले अमुल्य पुण्य कमाउनुभएको छ ।’

उनले कतिपयले पहिलो पटक रक्तदान गरेको बताउँदै यस्ता अभियानले नियमितरुपमा रगत दिनलाई प्रेरित गर्ने बताए । क्षेत्रीय रक्तरञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग र मोबाइल भ्यानमार्फत् रगत संकलन गरिएको हो । तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफएमका निवर्तमान अध्यक्ष नारायण श्रेष्ठले रक्तदान गर्दै कार्यक्रम शुभारम्भ गरिएको थियो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *