हेटौंडा । राष्ट्रियसभा सदस्य पदका लागि वागमती प्रदेशस्तरीय उपनिर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि रामबहादुर थापा, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।
थापा एमालेका उम्मेदवार हुन् भने देवकोटा एमालेकै माधव नेपाल पक्षसहित कांग्रेस, माओवादी केन्द्रसहितका दलका साझा उम्मेदवार हुन् । तामाङ भने नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार बनेका हुन् ।
प्रदेशसभा सदस्य, स्थानीय तहका प्रतिनिधि र कोभिड संक्रमित मतदाताका लागि छुट्टाछुट्टै मतदानको व्यवस्था मिलाइएको छ । दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ ।
उपनिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने पाउने छन्। वाग्मती प्रदेशसभा सदस्य ११० जना र प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख २३८ जना गरी ३४८ मतदाता रहेका छन्। प्रदेशसभाका एक जना सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत भार गणना गरिन्छ।
मतगणना आजै साँझ हुने बताइएको छ ।