USAID

गणेश र भगवतीको मूर्ति तोडफोडमा संलग्नलाई कारबाही गर्न राप्रपा नेता रिमालको माग


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता प्रकाश रिमालले हिन्दूहरुको आस्थाका भगवान शिव लिङ्ग, गणेश र भगवतीको मूर्ति तोडफोडमा संलग्नलाई कारबाहीको माग गरेका छन् ।

काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर चार रानीघट्टामा रहेको शिव लिङ्ग, भगवान गणेश र भगवतीको मूर्तिमा अज्ञात समूहले टोडफोड गरी क्षति पुर्याएको भन्दै रिमालले दोषीमाथि कारबाहीको माग गरेका हुन् ।

उनले पछिल्लो समय हिन्दू आस्थामागि सुनियोजित षड्यन्त्र हुँदै आएको बताएका छन् । घटनका विषयमा प्रहरीले स्थलगत अनुगमन गरी अनुसन्धान सुरु भएको जानकारी दिएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *