लम्जुङ केन्द्रविन्दु भएर ५.८ रेक्टरकाे भूकम्पः कम्तिमा ३ जना घाइते, ७ घरमा क्षति

काठमाडाैँ । लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर गएकाे भूकम्पका कारणा कम्तिमा तीन जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ः४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्प ५.८ रिक्टर स्केलको भएको केन्द्रका भूकम्पविद् डा लोकविजय अधिकारीले जानकारी दिए । भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो ।

भूकम्पले घर भत्किदाँ मर्स्याङ्दी गाउँपालिका ५ घर भई बेंसीसहर नगरपालिका ६ चनौटे बस्दै आएकी ३६ बर्षीया उमा गुरुङ घाइते भएकी छन् । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बेंसीशहर नगरपालिका ११ चिति रामचोकफाँटमा घरमा क्षति पुग्दा एकजना घाइते भएको जानकारी आएको बताए । यस्तै, मर्स्याङदी गाउँपालिका ६ ठुलिबेंसीका २२ बर्षीय गोविन्द अधिकारी घरबाट हाम फाल्ने क्रममा घाइते भएको उनले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी नायब उपरिक्षक (डिएसपी) गंगा थापाका अनुसार जिल्लाभर कम्तिमा ७ घर आंशिक रुपमा भत्केका छन् ।

मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गाउँपालिका क्षेत्रमा घरहरु भत्किएको जानकारी आइरहेपछि एकिन विवरण नआएको बताए । उनले क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *