दीपक र रचना रिमालको ‘दिलकी रानी’

सुमधुर आवाजका धनी गायक दीपक पाठक र चर्चित गायिका रचना रिमालको स्वरमा नयाँ गीत “दिलकी रानी“ को म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा र्यापर जेम्स विश्वकर्माको र्याप रहेको छ ।

डि सिरिज युट्युब च्यानलमार्फत सार्वनिक गरिएको “दिलकी रानी“ अहिले चर्चामा रहेको छ। दीपक पाठकको शब्द तथा संगीत रहेको गीतलाई विश्व अधिकारिले म्युजिक एरेन्ज गरेका हुन् ।

छायाँकार राजेश घिमिरेले छायाँकन गरेको भिडियोलाई कजिश श्रेष्ठले निर्देशन गरेका छन् भने मिलन विश्वकर्माको सम्पादन रहेको छ । भिडियोमा चर्चित मोडल दुर्गेश थापा, एन्जल श्रेष्ठ र सान्भी खतिवडालाई फिचर्ड गरिएको छ । म्युजिक भिडियोलाई दिव्या शर्मा र बि कौशिकले निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *