कोएमानको जागिर धरापमा

एजेन्सी । क्याटलान क्लब बर्सिलोनाको ला लिगा उपाधि होडको यात्रा समाप्त भइसकेको छ । यससँगै बार्सिलोनाले यस सिजन मात्र एउटा टर्फीमा चित्त बुझाएको छ । बार्सिलोनाले एथ्लेटिक क्लबलाई पराजित गर्दै कोपा डेल रेको उपाधि जितेको थियो ।

आइतबार घरेलु मैदानमा भएको खेलमा सेल्टा भिगोसँग २-१ गोल अन्तरले पराजित भएसँगै बार्सिलोनाको घरेलु लिग जित्ने सम्भावनामा पूर्णविराम लागेको हो । यस हारसँगै मुख्य प्रशिक्षक रोनाल्डो कोएमानको जागिरपनि धरापमा परेको छ । बार्सिलोनाले इबारसँग खेल्दै यस सिजनको अन्त्य गर्दैछ ।

कोएमानको प्रशिक्षणमा रहेको बार्सिलोनाले पछिल्लो खेलहरुमा सन्तोषजनक नतिजा निकाल नसक्दा ला लिगा उपाधि होडबाट बाहिरिएको हो । बार्सिलोनाले पछिल्लो खेलहरु मध्यमा ग्रानाडा र सेल्टा भिगोसँग अप्रत्याशित हार बेहोर्दा एथ्लेटिको म्याड्रिड र लेभान्टेसँग बराबरीमा रोकिएको थियो ।

यससँगै कोएमानको भविष्यलाई लिएर क्लबमा दुविधा सिर्जना भएको छ । क्लबका अध्यक्ष जोएन लापोर्टा र नयाँ बोर्ड सदस्यले घरेलु डबल जित्ने आशासहित कोएमानलाई पदमा राखेका थिए । तर पछिल्लो समयमा नराम्रो नतिजाले उनको जागिर धरापमा परेको हो ।

कोएमानलाई ब्रखास्त गरेको खण्डमा भविष्यमा क्लबको मुख्य प्रशिक्षकको जिम्मेवारी बार्सिलोना ‘बी’ का प्रशिक्षक फ्रान्सिस्को जाभियर गार्सिया पिमिएन्टा, जुर्गन क्लोपसहित पूर्व कप्तान जाभी हर्नान्डेज मध्य एकले समाल्ने सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *