खिमलाल देवकोटालाई मत दिन माओवादीको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रले जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनमा खिमलाल देवकोटालाई मत दिन आग्रह गरेको छ ।

नेकपा माओवादी केन्द्रको वाग्मती प्रदेश अध्यक्ष नारायण दाहाल, सहइन्जर्चा हितमान शाक्य र संसदीय दलका नेता शालिकराम जमकट्टेलले सोमबार संयुक्त विज्ञप्ति जारी गरी गृहमन्त्री रामबहादुर थापा प्रतिगमनकारी तत्वको मतियार भएको आरोप लगाउँदै देवकोटालाई मत दिन आग्रह गरेका हुन् ।

थापा वागमती प्रदेश अन्य अन्तर्गत राष्ट्रिय सभा सदस्य पदमा २०७४ सालमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। थापा एमाले प्रवेश गरेपछि माओवादीले कारवाही गरेको थियो । उक्त स्थानमा माओवादी केन्द्र, नेपाली कांग्रेसलगायत दलको सहयोगमा साझा उम्मेदवारका रूपमा देवकोटा चुनावी मैदानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *