म्याड्रिडको शानदार जित

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगाको उपाधि होडमा रहेको रियल म्याड्रिडले शानदार जित निकालेको छ । गएराति भएको खेलमा म्याड्रिडले ग्रानाडालाई ४-१ गोलले पराजित गर्दै उपाधि जित्ने सम्भावना जिवित राखेको हो ।

रियल म्याड्रिडलाई जित दिलाउन लुका मोड्रिक, रोड्रिगो, अल्भारो ओर्डिजोला र करिम बेन्जिमाले एक/एक गोल गरे । ग्रानाडाको लागि जोर्ज मोलिनाले एक गोल फर्काए । खेलको १७ औं मिनेटमा मिगुएलको पासमा मोड्रिकले गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा मार्भिनको पासमा रोड्रिगोले गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए ।

७१ औं मिनेटमा जोर्ज मोलिनाले गोल गर्दै ग्रानाडालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ७५ औं मिनेटमा हजार्डको पासमा ओर्डिजोलाले गोल गर्दै म्याड्रिडलाई सहज जिततर्फ अगाडि बढाए ।। ७६ औं मिनेटमा बेन्जिमाले गोल गर्दै म्याड्रिडलाई ४-१ गोलको शानदार जित दिलाए ।

जितसँगै म्याड्रिडले शिर्ष स्थानको एथ्लेटिको म्याड्रिड्सँग अङ्क दुरि २ अङ्कमा झारेको छ । हाल म्याड्रिड ३६ खेलबाट ७८ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा छ । शिर्ष स्थानको एथ्लेटिकोले समान खेलबाट ८० अङ्क जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *