जङ्गली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

झापा । मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा परी बिहीबार बिहान झापामा एक जनाले ज्यान गुमाएका छन् । कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गएको हो ।

उनलाई आज बिहान ५ बजे जङ्गली हात्तीले रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलभित्रको सडकमा आक्रमण गरेको थियो । जङ्गली हात्तीको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

बिहान मर्निङवाकमा निस्किएका लिम्बूलाई २१ नम्बर वाहिनी अड्डाको पश्चिमतर्फको जङ्गलको भित्री बाटोमा हिँड्दै गर्दा हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *