पूर्वराजा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । कारोना संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज भएका छन् । कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ भएर पूर्वराजा बुधबार साँझ डिस्चार्ज भएका अस्पतालले जनाएको छ ।

कोरोना संक्रमण भएपछि १९ दिनअघि नर्भिक अस्पतालमा उनी पूर्व महारानी कोमल शाह र छोरी पूर्व अधिराजकुमारी प्रेरणासँगै नर्भिक अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा उपचाररत पूर्वरानी शाहको अवस्था भने सुधारोन्मुख रहेको छ । स्वास्थ्यमा सुधार भएसँगै उनलाई दिइने अक्सिजनको मात्रा लगातार घटाउँदै उपचारलाई जारी राखिएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *