मुख्यमन्त्रीको दाबी गर्दै गण्डकीमा चार दलले बुझाए प्रदेश प्रमुखलाई पत्र

पोखरा । गण्डकी प्रदेशमा चार दलले नयाँ सरकार गठनको दावी गर्दै प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् । गण्डकी प्रदेशमा नयाँ सरकारको दाबी गर्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले पत्र बुझाएका हुन् ।

प्रदेशमा वैकल्पिक सरकार गठन गर्न बहुमतको दावीसहितको पत्र प्रदेश प्रमुख सीता पौडेल समक्ष बुझाएको माओवादी केन्द्रका सांसद रामजी बरालले जानकारी दिएका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनु अगाडि नै राजीनामा दिएपछि बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुखले बुधबार अपरान्ह ४ बजेसम्मको समय दिएकी थिइन् ।

सरकार गठनको लागि ३१ जनाको हस्ताक्षर आवश्यक पर्छ । एकजनाको हस्ताक्षर नपुगेर अन्योलमा रहेको गठबन्धनले जनमोर्चाका सांसद कृष्ण थापालाई कारबाही गरेपछि जनमोर्चाका तीनमध्ये दुईजनाको हस्ताक्षर राखेर पत्र बुझाइएको छ । गठबन्धनबाट मुख्यमन्त्रीको उम्मेदवार कृष्ण चन्द्र नेपाली पोखरेल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *