‘चोली तिम्रो’मा शौरभ र उर्मिलाको रोमान्स

गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामको शब्द संगीत रहेको छ। फणिन्द्र राईले यस गीतलाई संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा शौरभ तामाङ र उर्मिला योञ्जन तामाङ बीचको अन्स्क्रिन रोमान्स देख्न सकिन्छ।

पूर्वको सुन्दर चिया बगान वरपर छायाँकन गरिएको यस भिडियोलाई तिलक रिजालको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो। एसटिएम मुभीमा पोस्ट प्रडक्शन गरिएको यस भिडियोलाई गोलो प्रडक्शनको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *