काठमाडौँ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको पहिलो खेपको अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायुसेवा निगमको जहाज बेजिङ्गबाट उडेको छ ।
अपराह्न काठमाडाैँ अवतरण गर्ने साे वाइडबडी जहाजमा ४ सय थान अक्सिजन सिलिण्डर, १७३ थान कन्सनट्रेटर्स र १० थान भेन्टिलेटर लोड गरिएको बेजिङ्गस्थित नेपाली राजदूतावासका उपनियाेग प्रमुख सुशीलकुमार लम्सालले बताए ।
हिजो सोमबार मात्रै ती सामग्री चीनले नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेलाई औपचारिकरुपमा हस्तान्तरण गरेको थियो ।
याे पनि, चीनले बेइजिङ्गमा नेपाललाई बुझायो अनुदानका स्वास्थ्य सामग्री
तस्वीरः नेपाली राजदूतावास बेजिङ्ग
