वेस्ट ब्रोमलाई हराउँदै आर्सनल शिर्ष १० मा

प्रज्जवल थापा । रेलिगेसन क्षेत्रमा रहेको वेस्ट ब्रोमलाई हराउँदै आर्सनल इङलिस प्रिमियर लिगको शिर्ष १० मा उक्लिएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले वेस्ट ब्रोमलाई ३-१ गोलले पराजित गरेको हो ।

इमिरेट्स रंगशालामा भएको खेलमा युनाइटेडलाई जित दिलाउन इम्ले स्मिथ रोवे, निकोलस पेपे र विलियमले एक/एक गोल गरे । वेस्ट ब्रोमको लागि माथेउस पेरेराले सान्तवना गोल गरे । २९ औं मिनेटमा साकाको पासमा स्मिथ रोवेले गोल गर्दै आर्सनललाई खेलमा अगाडि बढाएका थिए । ३५ औं मिनेटमा चाम्बेर्सको पासमा पेपेले गोल गर्दै घरेलुु टोलीको अग्रता दोब्बर बनाए ।

६७ औं मिनेटमा टाउनसेन्डको पासमा माथेउस पेरेराले गोल गर्दै वेस्ट ब्रोमलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ९० औं मिनेटमा विमियमले गोल गर्दै आर्सनललाई ३-१ गोलको जित दिलाए । जितसँगै आर्सनल ३५ खेलबाट ५२ अङ्क जोड्दै लिगको नवौं स्थानमा उक्लिएको छ । हारसँगै वेस्ट ब्रोम प्रिमियर लिगबाट रेलिगेसनमा पर्दै च्याम्पियन्सिपमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *