प्रज्जवल थापा । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज फूटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग(एनएसएल)को समुह चरणको अन्तिम खेलमा आज काठमाडौं रेजर्स र एफसी चितवन भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी ५:३० बजे शुरु हुनेछ ।
आज हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । आजको खेल जित्दै काठमाडौं लिगको शिर्ष स्थानमा रहँदै प्लेअफमा प्रवेश गर्न चाहन्छ । काठमाडौं यसअघिनै प्लेअफ प्रवेश गरिसकेको छ । हाल काठमाडौं ५ खेलबाट १० अङ्क जोड्दै लिगको दोस्रो स्थानमा छ ।
यता चितवन भने लिगमा पहिलो जितको खोजीमा छ । चितवनले लिगको ५ खेल मध्य ३ खेलमा हार बेहोरेको छ भने २ खेल बराबरी खेलेको छ । दुई अङ्कसहित लिगको पुछारमा रहेको चितवन आज हुने समूह चरणको अन्तिम खेलमा जित निकाल्दै लिगमा सुखद अन्त्य गर्न चाहन्छ ।
