USAID

चेल्सीसँग सिटी पराजित

प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा शिर्ष स्थानको म्यान्चेस्टर सिटी पराजित भएको छ । गएराति भएको खेलमा सिटीले चेल्सीसँग २-१ गोलको हार बेहोरेको हो ।

घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा शुरुवाती अग्रता जोगाउन नसक्दा सिटी हार बेहोर्न बाध्य भयो । चेल्सीलाई जित दिलाउन हकिम जियच र मार्कोस एलोन्सोले एक/एक गोल गरे । सिटीको लागि रहिम स्टेर्लिङले एक गोल गरे । खेलको ४४ औं मिनेटमा सेर्जियो अग्वेरोको पासमा स्टेर्लिङले गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा अग्वेरो पेनाल्टीमा चुक्दा सिटीले खेलमा अग्रता दोब्बर बनाउने मौका गुमायो । अग्वेरोले फितलो प्रहार गर्दै बल सिधै गोलरक्षक मेन्डीको हातमा दिएका थिए । ६३ औं मिनेटमा अज्पिलिकुएटाको पासमा जियचले गोल गर्दै चेल्सीलाई बराबरीमा ल्याए ।

दोस्रो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा टिमो वेर्नरको पासमा मार्कोस एलोन्सोले गोल गर्दै चेल्सीलाई २-१ गोलको शानदार जित दिलाए । हारका बाबजुद सिटी ३५ खेलबाट ८० अङ्क जोड्दै लिगको शिर्ष स्थानमा यथावत छ । चेल्सी भने ३५ खेलबाट ६४ अङ्क जोड्दै तेस्रो स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *