प्रज्जवल थापा । रियल म्याड्रिडका फर्वाड इडेन हाजार्डले रियल म्याड्रिड समर्थकसँग माफी मागेका छन् । बुधबार युईएफए च्याम्पियन्स लिग अन्तर्गत भएको सेमिफाइनलको दोस्रो लेगमा रियल म्याड्रिड इङ्लिस क्लब चेल्सीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

उक्त खेल पश्चात् हाजार्ड पुर्व क्लब चेल्सीका खेलाडीहरुसँग जोक गर्दै हासेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । दुई वर्षपछि चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिज फर्किएका हजार्डले विपक्षी खेलाडी कुर्ट जोउमासँग जोक गर्दै रमाइलो गरेका थिए । प्रतियोगिताबाट बाहिरिएको परिस्थितिमा हजार्डको उक्त व्यवहारदेखि म्याड्रिड समर्थक खुशी थिएनन् । केही समर्थकले हजार्डको आलोचनापनि गरे । जसले गर्दा हाजार्डलाई माफी माग्न बाध्य बनायो ।

हाजार्डले सामाजिक सञ्जाल इनस्टाग्राम स्टोरी मार्फत माफी मागे । उनले लेखेका छन्, ” म माफी माग्न चाहन्छु । मेरो बारेमा मैले धेरैको धारणा पढे । मेरो रियल म्याड्रिड समर्थकलाई अपमान गर्ने अभिप्राय थिएन ।” हजार्डले थपे,”रियल म्याड्रिडबाट खेल्नु मेरो सधैंको सपना हो, म यहाँ(म्याड्रिडमा) जित्न आएको हु । सिजन अझै सकिएको छैन, सबै मिलेर ला लिगा उपाधिको लागि लड्नेछौ । हाला म्याड्रिड!”
लगातार चोटको कारण मैदान बहिर रहेका हाजार्डले म्याड्रिडबाट सोचेअनुरुप प्रदर्शन गर्न सकेका छैनन् ।
