प्रज्जवल थापा । आर्सनललाई हराउँदै स्पेनिस क्लब भिल्लारियल युईएफए युरोपा लिगको फाईनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा आर्नसलसँंग गोलरहित बराबरी खेलेपनि समाग्रमा २-१ गोलको नतिजा निकाल्दै भिल्लारियल फाइनल पुगेको हो ।
भिल्लारियलको घरेलु मैदानमा भएको पहिलो लेगमा आर्सनल २-१ गोलले पराजित भएको थियो । इमिरेट्स रंगशालामा भएको दोस्रो लेगमा घरेलु टोली आर्सनलले गोल गर्ने थुप्रै अवसर सिर्जना गरेपनि बललाई जाली चुमाउन नसक्दा सेमिफाइनलबाटै बाहिरिन बाध्य भयो ।
अब मे २७ मा हुने फाइनल खेलमा भिल्लारियलले इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेडको सामना गर्नेछ । युनाइटेडले रोमालाई ८-५ गोल अन्तरले पराजित गर्दै फाइनलको टिकट काटेको हो ।
