काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसल आगामी शनिबार दिउँसो २ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो । बैठक संघीय संसद् भवन, बानेश्वरमा बस्नेछ ।
बैठकमा २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाइएको प्रतिनिधिसभाको बैठक लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले बुधबार कांग्रेस नेताहरुलाई भेटेर विश्वासको माग मागेका थिए । तर कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने जवाफ दिएका थिए ।