प्रतिगमन विरोधी सम्पूर्ण शक्तिलाई ऐक्यवद्धताका लागि प्रचण्डको आव्हान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली भूमिमा मार्क्सवादलाई लागू गर्ने र त्यसलाई विकास गर्ने सन्दर्भमा धेरै संघर्षहरु भएका र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान सोही संघर्षको एक उपलब्धीका रुपमा लिन सकिने बताएका छन् ।

विश्व सर्वहारा–श्रमजीवी वर्गका महान गुरु कार्ल मार्क्सको २०३ औं जन्मदिनका अवसरमा बुधबार शुभकामना विज्ञप्ति जारी गरी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

वर्तमान संविधानले निर्देश गरेको नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामवद्ध हुनु अहिलेको आवश्यकता भएको भन्दै अध्यक्ष प्रचण्डले त्यसका लागि भइरहेका सबै प्रकारका प्रतिगामी प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्दै समाजवादको बाटोमा अग्रसर हुन प्रतिगमन विरोधी सम्पूर्ण शक्तिहरुलाई ऐक्यवद्धताका लागि आव्हान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *