USAID

सुपर लिगमा आज धनगढी र पोखरा भिड्दै


प्रज्जवल थापा । खुकुरी नेपाल सुपर लिग(एनएसएल) मा आज धनगढी एफसी र पोखरा थन्डर्स भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी ५:३० बजे शुरु हुनेछ ।

पछिल्लो खेलमा एफसी चितवनमाथि ३-० गोलको शानदार जित निकालेको धनगढी आजको खेलमापनि सोही लयलाई निरन्तरता दिन चाहन्छ । हाल धनगढी ४ खेलबाट ७ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ ।

यता पोखरापनि आजको खेल जित्दै विजयी पथमा फर्किन चाहन्छ । पछिल्लो दुई खेलमा काठमाडौं र ललितपुरसँग गोलरहित बराबरीमा रोकिएको पोखराले लिगको ४ खेलमा १ गोल मात्र गर्न सकेको छ । हाल पोखरा ४ खेलबाट ५ अङ्क जोड्दै लिगको पाँचौ स्थानमा छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *