स्पोर्टिङ लिस्बोनबाट करिअर अन्त्य गर्ने रोनाल्डोको चाहना

एजेन्सी- युभेन्टसका सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको भविष्यको बारेमा चौतर्फी प्रश्न उठिरहेको छ । यसै सन्दर्भमा रहेर पोर्चुगिज पत्रीका रेकर्ड लेडले रोनाल्डोले स्पोर्टिङ लिस्बोनबाट खेल्दै करिअरको अन्त्य गर्न चाहेको कुरा बाहिर ल्याएको छ ।

३६ वर्षिय रोनाल्डोको युभेन्टससँगको सम्झौता २०२२ मा सकिदैछ। तर क्लबको लगातार खराब प्रदर्शनको कारण रोनाल्डोले यस सिजनको अन्त्यमा क्लब छोड्न चाहेको विदेशी सञ्चारमाध्यमले जनाएका छन् । युभेन्टसले घरेलु लिग सिरि ए को उपाधि इन्टर मिलानलाई सुम्पिसकेको छ भने च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको थियो ।

पोर्चुगिज फर्वार्ड रोनाल्डोले स्पोर्टिङबाट खेल्दै आफ्नो व्यवसायिक खेल जीवनको शुरुवात गरेका थिए । रेकर्ड लेडले रोनाल्डो पुर्व क्लब फर्कन चाहेको कुरा फ्रन्ट पेजमा छापेको छ ।

यसअघि रोनाल्डो रियल म्याड्रिड फर्किन चाहेको कुरापनि बहिर आएको थियो । तर क्लबले अस्वीकार गरेपछि उक्त कुरा सेलाएको थियो । रोनाल्डो सन् २०१८ मा म्याड्रिड छोड्दै युभेन्टस पुगेका थिए । यस्तै ला गाजेट्टा डेल्लो स्पोर्ट्सले पनि केही दिन अगाडि रोनाल्डो इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेड फर्किन चाहेको कुरा बाहिर ल्याएको थियो । रोनाल्डोले सन् २००३ देखि २००८ सम्म युनाइटेडबाट खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *