USAID

एनएसएलमा काठमाडौं विजयी


प्रज्जवल थापा । खुकुरी नेपाल सुपर लिग(एनएसएल)मा काठमाडौं रेजर्स विजयी भएको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौंले बुटबल लुम्बिनी एफसीलाई १-० गोलले पराजित गरेको हो ।

हारसँगै बुटवलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । काठमाडौंलाई जित दिलाउन स्टेफेन बिनोङले निर्णायक गोल गरे । स्टेफेनले पहिलो हाफको पाँचौ मिनेटमा गोल गर्दै काठमाडौंलाई खेलमा अगाडि बढाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा काठमाडौं १-० गोलले विजयी भयो ।

जितसगैं काठमाडौं ४ खेलबाट ७ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । पराजित बुटवल ४ खेलबाट ५ अङ्कको साथ चौथो स्थानमा झरेको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *