सेभिल्ला एथ्लेटिक क्लबसँग स्तब्ध

प्रज्जवल थापा । उपाधिको लागि प्रतिस्पर्धा गरिरहेको सेभिल्ला एथ्लेटिक क्लबसँग स्तब्ध भएको छ । गएराति स्पेनिस लिग ला लिगा अन्तर्गत भएको खेलमा सेभिल्लाले एथ्लेटिक क्लबसँग १-० गोलको हार बेहोरेको हो ।

घरेलु मैदानमा बेहोरेको हारले सेभिल्लालाई उपाधि होडमा ठुलो धक्का लागेको छ । एथलेटिक क्लबलाई जित दिलाउन इनाकी विल्लिम्सले खेलको अन्तिम मिनेटमा गरेको गोल निर्णयक बन्यो । विलियम्सले ९० औं मिनेटमा ओइहाम सान्केटको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

जितसँगै एथलेटिक क्लब ३४ खेलबाट ४५ अङ्क जोड्दै लिगको नवौं स्थानमा उक्लिएको छ । पराजित सेभिल्ला ३४ खेलबाट ७० अङ्कको साथ चौथो स्थानमा यथावत छ । जुन शिर्ष स्थानको एथ्लेटिको म्याड्रिडको भन्दा ६ अङ्क कम हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *