USAID

प्रिमियर लिगमा वेष्टहाम विजयी


प्रज्जवल थापा । इङ्लिस प्रिमियर लिगमा वेष्टहाम युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा वेष्टहामले बर्नेलीलाई २-१ गोलले पराजित गरेको हो ।

टर्फ मोरमा भएको खेलमा वेष्टहामलाई जित दिलाउन मिचेल एन्टोनियोले दुई गोल गरे । बर्नेलीको लागि क्रिस वुडले गरेको गोल सान्तवनामा सिमित रह्यो । खेलमा शुरुवाती अग्रता भने घरेलु टोलीले लिएको थियो । १९ औं मिनेटमा क्रिस वुडले पेनाल्टीमा गोल गर्दै बर्नेलीलाई खेलमा अगाडि बढाएका थिए ।

२१ औं मिनेटमा कोउफलको पासमा एन्टोनियोले गोल गर्दै वेष्टहामलाई बराबरीमा ल्याएका थिए । २९ औं मिनेटमा बेराहमाको पासमा एन्टोनियोले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीलाई पहिलो हाफमा २-१ गोलको अग्रता दिलाए ।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा वेष्टहाम २-१ गोलले विजयी भयो । जितसँगै वेष्टहाम ३४ खेलबाट ५८ अङ्क जोड्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ । पराजित बर्नेली समान खेलबाट ३६ अङ्क जोड्दै १६ औं स्थानमा छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *