USAID

एनएसएलमा आज चितवन र विराटनगर भिड्दै


प्रज्जवल थापा । खुकुरी नेपाल सुपर लिग(एनएसएल) मा आज एफसी चितवन र विराटनगर सिटी एफसी भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी ५:३० बजे शुरु हुनेछ ।

भरत खवासको कप्तानीमा मैदान उत्रिने चितवन आजको खेलमा जित्न निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । चितवनले लिगको ३ खेलमा जित निकाल्न सकेको छैन । हाल चितवन ३ खेलबाट २ अङ्क जोड्दै लिगको पुछारमा छ ।

यस्तै विराटनगरपनि आजको खेल जित्दै शिर्ष स्थानको धनगढीसँग अङ्क बराबरी गर्न चाहन्छ । हाल विराटनगर ३ खेलबाट ४ अङ्क जोड्दै लिगको चौथो स्थानमा छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *