पन्जाबलाई हराउँदै दिल्ली शिर्ष स्थानमा

प्रज्जवल थापा । पन्जाब किङ्सलाई पराजित गर्दै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग(आईपिएल) को शिर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा दिल्लीले पन्जाबलाई ७ विकेटले हराउँदै लिगमा छैटौं जित निकालेको हो ।

जितको लागि १ सय ६७ रनको लक्ष्य पछ्याएको दिल्लीले १७.४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । दिल्लीको लागि ओपनर शिखर धवनले अवजित ६९ रन जोडे । उनले ४७ बलमा ६ चौका र २ छक्का प्रहार गरे । पृथ्वी शहले २२ बलमा ३ छक्का र ३ चौकाको सहयोगमा ३९ रन जोड्दा स्टिभ स्मिथले २४, शिमरोन हेटमायरले १६ र ऋषव पन्तले १४ रनको योगदान गरे ।

पन्जाबको लागि हरप्रित ब्रार, रिले नेरेदिथ र क्रिस जोर्डानले एक/एक विकेट लिए ।

यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले कप्तान मयङ्क अग्रवालको उत्कृष्ट प्रदर्शनमा २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको थियो । मयङ्क शतक बनाउनबाट १ रनले चुके । उनले ५८ बलमा ८ चौका र ४ छक्काको सहयोगमा ९९ रन जोड्दै अवजित रहे । यस्तै डेभिड मलानल्व २६, क्रिस गेलले १३ र प्रभसिम्रन सिंहले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क बनाउन सकेनन् ।

दिल्लीको लागि कागिसो रबडाले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिँदा आवेश खान र अक्सर पटेलले १/१ विकेट लिए । जितसँगै दिल्ली ८ खेलबाट १२ अङ्क जोड्दै अङ्कतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । पराजित पन्जाब समान खेलबाट ६ अङ्क जोड्दै छैटौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *