बट्लरको शतकमा राजस्थानको तेस्रो जित

प्रज्जवल थापा । जोस बट्लरको शतकको मद्दतमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग(आईपिएल) मा तेस्रो जित निकालेको छ । आइतबार दिउँसो भएको खेलमा राजस्थानले सनराइजर्स हैरबादलाई ५५ रनले पराजित गरेको हो ।

जितको लागि २ सय २१ रनको लक्ष्य पछ्याएको हैरबादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६५ रन मात्र बनाउन सक्यो । ओपनर बाहेक अन्य ब्याट्सम्यान नचल्दा हैरबाद हार बेहोर्न बाध्य भयो । ओपनरद्वय मानिष पाण्डेले २० बलमा ३ चौका र २ छक्काको मद्दतमा ३१ रन जोड्दा जोनी बैर्स्ट्रोले २१ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३० रन जोडे । यस्तै कप्तान केन विलियम्सनले २०, केदार जाधवले १९, मोहम्मद नाबीले १७, भुवनेश्वर कुमारले १४ र आब्दुल समदल्व १० रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

राजस्थानको लागि मुस्तफिजुर रहमानले ४ ओभरमा २० रन दिएर ३ विकेट लिए । क्रिस मोरिसले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिँदा कार्तिक ट्यागी र राहुल टेवाटियाले १/१ विकेट लिए ।

यसअघि दिल्लीस्थित अरुन जाइत्ले रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले जोस बट्लरको शतकको मद्दतमा निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय २० रन बनाएको थियो । बट्लरले शतकसहित १ सय २४ रन जोडे । उनले ६४ बलमा ११ चौका र ८ छक्का प्रहार गरे । कप्तान सन्जु साम्सनले ३३ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४८ रन जोड्दा रायन परागले १५, यशस्वी जैसवालले १२ र डेभिड मिल्लरले ७ रनको योगदान गरे ।

हैरबादको लागि सन्दिप शर्मा, रशिद खान र विजय शङ्खरले १/१ विकेट लिए । जितसँगै राजस्थान ७ खेलबार ६ अङ्क जोड्दै अङ्क तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । लिगमा छैटौं हार बेहोरेको हैरबाद २ अङ्कको साथ तालिकाको पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *