आज उडिनेसे र युभेन्टस भिड्दै

प्रज्जवल थापा । इटालियन लिग सिरि ए मा आज उडिनेसे र साविक विजेता युभेन्टस भिड्दै छन् । डासिए एरिनामा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे शुरु हुनेछ ।

उपाधिबाट टाढा भइसकेको युभेन्टस आजको खेल जित्दै तेस्रो स्थानमा उक्लिन चाहन्छ । हाल युभेन्टस ३३ खेलबाट ६६ अङ्क जोड्डै लिगको पाँचौ स्थानमा रहेको छ । युभेन्टसले पछिल्लो ३ खेलमा मात्र १ खेल जितेको छ ।

यस्तै उडिनेसेपनि आजको खेल जित्दै लिगमा आफ्नो स्थान सुधार गर्न चाहन्छ । हाल उडिनेसे ३३ खेलबाट ३९ अङ्क जोड्दै लिगको ११ औं स्थानमा रहेको छ । पछिल्लो खेलमा बेनेभेन्टोलाई ४-२ गोलले हराएको उडिनेसे आजको खेलमापनि सोही लयलाई निरन्तरता दिन चाहन्छ ।

दुई टोलीबिच भएको पछिल्लो २२ भेटमा १६ खेल युभेन्टसले जितेको थियो भने ३ खेल बेनेभेन्टोले जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *