थप ७१३७ जनामा कोरोना संक्रमण, २७ को मृत्यु, १६१२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ७१३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७१३७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३६०३० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १६१२ जना संक्रमणमुक्त भएका छ ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २८३९९४ पुगेको छ । त्यसैगरी कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३२५ पुगेको छ । क्वारेन्टाइनमा ६७ जना छन् भने आइसोलेसनमा ४८७११ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *