USAID

आफ्नै खुसीले माओवादी केन्द्रलाई रोजेको हुँः सांसद वली


बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री (वली)ले कसैको दबाबमा नभई आफ्नै खुसीले माओवादी केन्द्रलाई रोजेको बताएकी छन् ।

आइतबार लुम्बिनीमा पत्रकार सम्मेलन गरी वलीले आफूलाई कसैले माओवादीमा लाग्न दबाब नदिएको र आफूले राजीखुसी पार्टी रोजेको बताएकी हुन् । आफू निर्वाचित भएर आउँदा एमाले र माओवादी एकजुट रहेको र त्यतिबेला को माओवादी र को एमाले भन्ने आफूलाई थाहा नभएको उनले बताइन् ।

उनले भनिन्, ‘निर्वाचनका बेला मैले माओवादीबाट सपोर्ट पाएको थिएँ । कसैले मलाई आउनुपर्छ भनेकाले होइन, मैले आफ्नै खुसीले यो दल रोजेकी हुँ । म आउँदै गर्दा पार्टी एकजुट थियो । मैले नेकपाबाट निर्वाचन जितेँ ।’

वलीका श्रीमान् उत्तरकुमार वली भने २०७४ सालमा एमालेबाट निर्वाचित भएका थिए । उनको सवारी दुर्घटनामा मृत्यु भएपछि उनी प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन् । लुम्बिनी प्रदेशमा एमालेले एकल बहुमतको सरकार गठन गर्ने निर्णय गरेलगत्तै वलीले आफू माओवादी केन्द्रमा प्रवेश गरेको बताएकी थिइन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *