शंकर पोखरेललाई अर्को झट्का, सांसद खत्री माओवादीमा प्रवेश

बुटवल । लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार बनाउन मुख्यमन्त्री शंकर पोखरेलको बहुमत नपुग्ने भएको छ । नेकपा एमालेमा रहेकी सांसद विमला कुमारी खत्री माओवादीमा प्रवेश गरेपछि पोखरेलको बहुमत नपुग्ने भएको हो ।

खत्रीले दाङ प्रदेशसभा ३ (ख) बाट नेकपाका तर्फबाट चुनाव जितेकी थिइन् । माओवादी र एमाले विभाजन भएपछि उनी कता लाग्ने टुंगो लागेको थिएन । उनी अहिले माओवादीमा प्रवेश गरेपछि पोखरेलसँग बहुमत नपुग्ने देखिएको छ ।

उनले नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई सम्बोधन गरेर पत्र लेख्दै आफू माओवादी केन्द्रमा लागेकी जानकारी गराएकी हुन् ।

उनको पत्रमा सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाबाट नेकपा पार्टी नरहेकाले आफू नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सभाको दल सदस्य भइ क्रियाशिल रहन इच्छुक भएकाले सो पार्टीको दलको सदस्य माग गरिएको छ । नयाँ सरकार गठनका लागि ४१ सांसद चाहिनेमा विमला माओवादीतिर लागेपछि पोखरेलको पक्षमा ४० सांसदमात्रै रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *