सरकार कोरोना संक्रमितको उपचार गर्नबाट पन्छिन खोज्नु आपत्तिजनकः चिकित्सक संघ

काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना संक्रमितको उपचारबाट सरकार पन्छिएको भन्दै आपत्ति जनाएको छ । संघले शनिबार विज्ञप्ति जारी गरी स्वास्थ्य मन्त्रालयले कोरोना सङ्क्रमितको लागि बेड अभाव रहेको र स्वास्थ्य प्रणालीले धान्न नसकेको बताएपछि संघले आपत्ति जनाएको हो ।

अग्रपंक्तिका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कोभिड विरुद्धको खोप समयमा नै दिएर र श्रोत साधनहरुको राम्रो व्यवस्थापन गरी महामारीसँग जुध्न संघले सुझाव दिएको छ । संघले संक्रमितहरुको उपचारको क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु नै संक्रमित हुँदै गइरहेको अवस्थामा उनीहरुको उद्धार, उपचार र व्यवस्थापन गरी महामारीको अन्त्यसम्म उपचार दिन सक्ने वातावरण बनाउन पनि माग गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *