प्रज्जवल थापा । खुकुरी नेपाल सुपर लिग(एनएसएल) मा आज दुई खेल हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा धनगढी एफसीले एफसी चितवनको सामना गर्नेछ । खेल दिउँसो २:३० बजे शुरु हुनेछ ।
आज हुने खेलमा दुवै टोली जितको खोजीमा हुनेछन् । धनगढी आजको खेल जित्दै लिगको शिर्ष स्थानमा उक्लिन चाहन्छ । हाल धनगढी ३ खेलबाट ४ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ । यता चितवन भने लिगमा पहिलो जितको खोजीमा हुनेछ । चितवनले यसअघिको दुवै खेलमा बराबरी खेलेको थियो । चितवन २ खेलबाट २ अङ्क जोड्दै छैटौं स्थानमा रहेको छ ।
यस्तै आजै हुने दिनको दोस्रो खेलमा बुटवल लुम्बिनी एफसी र विराटनगर सिटी एफसी भिड्नेछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुकी ५:३० बजे शुरु हुनेछ । लिगको एकमात्र अपराजित टिम बुटवल आजको खेलमापनि आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यसाथ मैदान उत्रिनेछ । हाल बुटवल ४ अङ्कको साथ शिर्ष स्थानमा छ ।
यता विराटनगरपनि आजको खेल जित्दै लिगमा आफ्नो स्थान सुधार गर्न चाहन्छ । विराटनगर २ खेलबाट ३ अङ्क जोड्दै लिगको पाँचौ स्थानमा रहेको छ ।