भारतको गुजरातस्थित एउटा कोभिड अस्पतालमा आगलागी हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ । मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भरूचको वेलफेयर अस्पतालमा शनिबार बिहान आगलागी भएको त्यहाँको प्रहरीले जनाएको छ ।
आगलागीमा परेर कयौं बिरामीहरू गम्भीर घाइते भएका छन् । अस्पतालको पहिलो तलामा २४ जना कोरोना संक्रमित बिरामी उपचारका लागि भर्ना भएका थिए । यसअघि पनि भारतमा कोभिड अस्पतालमा पटक पटक आगलागीका घटना भएका छन् । जसमा परी दर्जनौंको मृत्यु भइसकेको छ ।