पन्जाबको बैंगलोरलाई चुनौतिपूर्ण लक्ष्य

प्रज्जवल थापा । कप्तान केएल राहुलको शानदार ब्याटिङको मद्दतमा पन्जाब किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई चुनैतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । अहमबादमा जारी खेलमा पन्जाबले बैंगलोरलाई १ सय ८० रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

नरेन्द्र मोदी रगंशालामा भईरहेको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७९ रन बनाएको हो । पंन्जाबको लागि कप्तान केएल राहुलले अवजित ९१ रन जोडे । उनले ५७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे । क्रिस गेलले २४ बलमा ६ चौका र २ छक्काको सहयोगमा ४६ रन बनाए । यस्तै हर्प्रित ब्रारले १७ बलमा २ छक्का र १ चौकाको मद्दतमा २५ रन जोड्दा प्रभसिम्रन सिंहले ७ र दिपक होडाले ५ राणाको योगदान गरे ।

बैंगलोरको लागि क्यले जेमिसनले ३ ओभरमा ३२ रन दिएर २ विकेट लिए । डानियल साम्सले ४ ओभरमा २४ रन दिएर १ विकेट लिँदा युजवेन्द्र चाहल र शाहबज अहमेदको नाममा १/१ विकेट रह्यो । खेलको दोस्रो इनिङ्स केही बेरमा शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *