एनएसएलमा काठमाडौं र पोखराको बराबरी

प्रज्जवल थापा । नेपाल सुपर लिग(एनएसएल) मा काठमाडौं रेजर्स र पोखरा थन्डर्सले बराबरी खेलेका छन् । शुकबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौं र पोखराले गोलरहित बराबरी खेलेका हुन् ।

बराबरीसँगै दुवै टोलीले एक/एक अङ्क बाढेका छन् । यससँगै पोखरा ३ खेलबाट ४ अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान अङ्क जोडेको काठमाडौं चौथो स्थानमा उक्लिएको छ ।

लिगमा भोली(शनिबार) दुई खेल हुनेछ । पहिलो खेलमा धनगढी एफसी र एफसी चितवन भिड्नेछन् । खेल दिउँसो २:३० बजे शुरु हुनेछ । यस्तै दोस्रो खेलमा बुटवल लुम्बिनी एफसी र विराटनगर एफसी भिड्नेछन् । खेल बेलुकी ५:३० बजे शुरु हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *