काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले सत्ता स्वार्थका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका मनपरी छताछुल्ला भएको बताएका छन् ।
सामाजिक संजालमार्फत रावलले पदलोलुप प्रवृत्ति विदेशी गुप्तचरसँग गोप्य मन्त्रणा, प्रतिनिधिसभाको विघटन,संवैधानिक परिषदमा मनपरी र गण्डकी प्रदेशका मुख्यमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव सन्दर्भका घटनामा छताछुल्ल भएको बताएका हुन् ।
उनले लेखेका छन्, ‘राजनीतिलाई अस्थिर, अन्योलग्रस्त र विकृत तुल्याई सत्ता–स्वार्थ पूर्ति गर्ने प्रधानमन्त्री केपी ओलीको पदलोलुप प्रवृत्ति विदेशी गुप्तचरसँग गोप्य मन्त्रणा,प्रतिनिधि सभाको विघटन,संवैधानिक परिषदमा मनपरी र गण्डकी प्रदेशका मुख्यमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव सन्दर्भका घटनामा छताछुल्ल भएको छ।’