बुटवल लुम्बिनीको उत्कृष्ट पुनरागमन बराबरी

प्रज्जवल थापा । नेपाल सुपर लिग(एनएसएल) मा बुटवल लुम्बिनी फूटबल क्लबले उत्कृष्ट पुनरागमन बराबरी खेलेको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा एफसी चितवन र बुटवल लुम्बिनीले २-२ गोलको बराबरी खेलेका हुन् ।

खेलमा २-० गोलको अग्रता जोगाउन नसक्दा चितवन बराबरीमा चित्त बुझाउन बाध्य भयो । चितवनले शुरुवाती १८ मिनेटमै दुई गोल गरेको थियो । पहिलो हाफको १४ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै चितवनलाई खेलमा अगाडि बढाएका थिए । १८ औं मिनेटमा टेक बहादुर बुढाथोकीले गोल गर्दै चितवनको अग्रता बनाए । त्यसपछि भने बुटवल खेलमा हावि रह्यो ।

३२ औं मिनेटमा आशिष लामाले गोल गर्दै बुटवल लुम्बिनीलाई पहिलो हाफमा २-१ को स्थितिमा ल्याएका थिए । ६४ औं मिनेटमा लक्षम रुचालले गोल गर्दै बुटवललाई २-२ गोलको स्थितिमा ल्याए । बाँकी समयमा थप गोल हुन नसक्दा दुवै टोलीले १/१ अङ्क बाढे ।

बराबरीका बाबजुत बुटवल लुम्बिनी २ खेलबाट ४ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । यस्तै चितवन २ खेलबाट २ अङ्क जोड्दै पाँचौ स्थानमा रहेको छ । आजै हुने दोस्रो खेलमा विराटनगर एफसीले पोखरा थन्डर्सको समना गर्दैछ ।

तस्बिर:- गोलनेपाल डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *