जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा थप आदेश जारी

काठमाडौँ । कोरोना भाइरस संक्रमणविरुद्ध बिहीबारदेखि एक हप्ता निषेधाज्ञा घोषणा गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मृत्यु संस्कार र बिरामी कुरुवा, बैंक तथा वित्तीय संस्था कर्मचारीको आवतजावत, विवाह/व्रतबन्धमा सहभागी लगायत बुँदा थप र परिमार्जनसहित मंगलबार आदेश जारी गरेका हुन् ।

आदेश अनुसार मृत्यु संस्कार र बिरामी कुरुवाको रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्ला जानुपर्दा व्यहोरा खुल्ने कागजातसहित र विवाह/व्रतबन्धमा सहभागी भई अन्यत्र जिल्लाबाट फर्कनु पर्ने भएमा चालकसहित बढीमा सात जनासम्मको लागि स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा अनुमति पासको लागि निवेदन पेस गर्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *