USAID

पर्सामा बिहीबारदेखि एकसाताका लागि निषेधाज्ञा जारी


काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले बिहीबारदेखि लागु हुने गरी एकसाताका लागि निषेधाज्ञा जारी गरेको छ । मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको हो ।

कोरोना संक्रमणको दर तीव्र गतिले बढेपछि यसको रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रशासनले जनाएको छ ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *