USAID

च्याम्पियन्स लिग सेमिफाइनल: आज रियल म्याड्रिड र चेल्सी भिड्दै


प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिग अन्तर्गत आज हुने सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिड र चेल्सी भिड्दैछन् । अल्फ्रेडो डि स्टेफेनोमा हुने खेल राति १२:४५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । घरेलु मैदानमा हुने खेल जित्दै रियल म्याड्रिड पहिलो लेगमा अग्रता लिन चाहन्छ । रियल म्याड्रिडले क्वाटरफाइनलमा इङ्लिस क्लब लिभरपुललाई ३-१ गोलले पराजित गरेको थियो । रियल म्याड्रिड आफ्नो पछिल्लो १२ खेलमा अपराजित रहेको छ । तर पछिल्लो ५ खेलमा मात्र २ खेल जितेको म्याड्रिड आजको खेल जित्दै विजयी पथमा फर्किन चाहन्छ । घरेलु लिग अन्तर्गत भएको पछिल्लो खेलमा म्याड्रिडले बेटिससँग गोलरहित बराबरी खेलेको थियो ।

यता चेल्सीपनि आजको खेलमा सकरात्मक नतिजा निकाल्दै दोस्रो लेगमा म्याड्रिडको अतिथ्य गर्न चाहन्छ । क्वाटरफाइनलमा अण्डरडग मानिएको पोर्टोलाई समाग्रमा २-१ गोलले पराजित गर्दै सेमिफाइनलको बाटो तय गरेको चेल्सीले नयाँ प्रशिक्षक थोमस टुचेलको प्रशिक्षणमा राम्रो प्रदर्शन गरिराखेको छ । चेल्सीले आफ्नो पछिल्लो ५ खेलमा ३ जित, १ बराबर र १ हारको नतिजा निकालेको छ ।

दुई टोलीबिच भएको पछिल्लो दुवै भेटमा रियल म्याड्रिड विजयी भएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *