USAID

एमालेद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध


पोखरा । नेकपा एमालेले गण्डकी प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । मंगलबार बसेको बैठकमा पीसीआर परीक्षणको माग गर्दै एमालेले बैठक अवरुद्ध गरेको हो । नेकपा एमालेका गण्डकी प्रदेश सांसद राजिव पहारीले पीसीआर परीक्षण गरेर मात्र संसद चलाउन माग गरे ।

गण्डकी प्रदेश सभामा बोल्दै उनले कोरोना महामारीको समयमा कास्कीमा पनि निषेधाज्ञा जारी भइसकेको अवस्थामा सुरक्षाका मापदण्ड अपनाएर मात्र प्रदेश सभा चलाउन आग्रह गरेका छन् । सभामुख नेत्रनाथ अधिकारीले भने यसअघि कार्यव्यवस्था समितिबाट सहमतिमा कार्यसूची तय गरिएकाले अवरोध नगर्न आग्रह गरेका छन् ।

तर, एमालेका सांसदहरु भने बसेको ठाउँबाट उभिएर विरोध गरिरहेका छन् । सत्तापक्षका सांसदहरुको अवरोधपछि प्रदेशसभा बैठक २० मिनेटका लागि स्थगित भएको छ । प्रदेश सभाको विशेष अधिवेशनमा आजदेखि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा हिजोदेखि छलफल जारी छ ।

अविश्वास प्रस्ताव प्रक्रियामा गइसकेको र चार विपक्षी दल मिलेर त्यसलाई पारित गर्ने निश्चित भइसकेको अवस्थामा अत्तालिएर सत्ता पक्षले प्रदेशसभाको विशेष अधिवेशनलाई अलमल्याउनका लागि यस्तो माग गरेको कांग्रेस सांसदले बताएका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *