USAID

आज काठमाडौं र धनगढी भिड्दै


प्रज्जवल थापा । नेपाल सुपर लिग(एनएसएल) मा आज काठमाडौं रेजर्स र धनगढी एफसी भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ५ः३० बजे शुरु हुनेछ ।

आजको खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । काठमाडौं आज हुने खेल जित्दै आफ्नो विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ । काठमाडौंले पहिलो खेलमा ललितपुर सिटीलाई १–० गोलले पराजित गरेको थियो ।

यता पहिलो खेलमा विराटनगर सिटीसित ३–० गोलको लज्जास्पद हार बेहोरेको धनगढी लिगमा पहिलो जितको खोजीमा हुनेछ । हाल धनगढी लिगको पुछारमा रहेको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *