USAID

पूर्वसांसद पौडेललाई मष्तिष्काघात


काठमाडौं । राष्ट्रियसभाका पूर्वसदस्य प्रा विदुर पौडेल मष्तिष्काघात भई उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा भर्ना भएका छन् ।

अधिकारसम्पन्न वाग्मती ढल व्यवस्थापन आयोजनाका पूर्वाध्यक्ष पौडेल शनिबार कलेजको सघन उपचार कक्षमा उपचारका लागि भर्ना भएका नेपाली कांग्रेसका नेता लोकेश ढकालले जानकारी दिए । पक्षाघातसमेत भई उनको शरीरको देब्रे भाग चलेको छैन । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति पौडेलले आँखा हेर्ने गरे पनि प्रतिक्रिया नदिएको उनका भतिजा परमेश्वरले जानकारी दिए ।

सदाचारी एवम् इमान्दार नेता पौडेलले लामो समय संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठमा प्राध्यापन गरेका थिए । सांसद हुँदा सुविधाका लागि गाडीका रुपमा प्राडो एवं पजेरो भित्राउन दिने सरकारी निर्णयको उनले विरोध गरेका थिए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *