पार्टी एकताका पक्षमा लाग्न नेता कार्यकर्तालाई माधव नेपालको आह्वान

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका नेता कार्यकर्तालाई पार्टी एकतामा लाग्न आह्वान गरेका छन् । नेपालका प्रथम कम्युनिष्ट प्रधामन्त्री मनमोहन अधिकारीको २२औँ स्मृति दिवसमा श्रद्धाञ्जली दिँदै वरिष्ठ नेता नेपालले अहिले कम्युनिष्ट आन्दोलनको रक्षा, सत्य, न्याय, समृद्धि र नेकपा एमालेको एकताका पक्षमा लाग्न सम्पूर्ण नेता कार्यकर्तालाई आह्वान गरेका हुन् ।

नेता नेपालले नेपाली जनताले ठूलो मौका दिएको अहिलेको कम्युनिष्ट सरकारबाट विकृति विसंगतिहरूलाई प्रश्रय दिने काम हुनु र सामान्य किसान र गरिब परिवारले राहतको महसुस गर्न नसकेको अवस्थामा स्वर्गीय अधिकारीको अभाव झनै खड्किएको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘मनमोहन स्मृति दिवसका अवसरमा उहाँले राष्ट्रिय स्वाधीनता, कम्युनिष्ट एकता र देश विकासमा पुर्याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै कम्युनिष्ट आन्दोलनको रक्षा, सत्य, न्याय, समृद्धि र नेकपा एमालेको एकताका पक्षमा लाग्न सम्पूर्ण नेता कार्यकर्ता र शुभेच्छुकहरूमा हार्दिक आह्वान गर्दछु।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *