USAID

शीर्ष स्थानको एथ्लेटिको म्याड्रिड पराजित


प्रज्जवल थापा । स्पेनिस लिग ला लिगाको शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडले हार बेहोरेको छ । गएराति भएको खेलमा एथ्लेटिको एथ्लेटिक क्लबसँग २-१ गोलको पराजित भएको हो ।

खेलको छैटौं मिनेटमा एलेक्स बेरेन्गुएरले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडि बढाएका थिए । ७७ औं मिनेटमा कारास्कोको पासमा स्टेफान साभिकले गोल गर्दै म्याड्रिडलाई बराबरीमा ल्याए । तर ८६ औं मिनेटमा गोमेजको पासमा इनिगो मार्टिनेजले गोल गर्दै एथ्लेटिक क्लबलाई २-१ गोलको जित दिलाए ।

यस हारसँगै एथ्लेटिकोलाई उपाधि यात्रालाई ठुलो धक्का लागेको छ । हारका बाबजुत एथ्लेटिको ३३ खेलमा ७३ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा कायमै रहेको छ । समान खेल खेलेको रियल म्याड्रिड र एक खेल कम खेलेको बार्सिलोना समान ७१ अङ्कको साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *