USAID

सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस


काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखि हुने भनिएका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । आइतबार बसेको सीसीएमसीको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको हो ।

बैठकमा पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढी रहेको बेला बैठकमा सङ्क्रमणको बढ्दो त्रास र त्यसको रोकथामबारे आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे छलफल भएको थियो । यसअघि मन्त्रिपरिषद बैठकले चालु रहेका परीक्षा नरोक्ने निर्णय गरेको थियो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *